यतै कतै रङ्गी चङ्गी फूलहरूझैँ हाँसु भन्छु
त्यै हाँसोमा अल्झाएर एउटा प्रीत गाँसु भन्छु
नसुन्नेलाई पनि सुनाऊँ यो सरगमको मीठो बहार
यतै कतै देख्छु फेरि चन्द्रजस्तो तिम्रो मुहार

फूल फुल्दा लाग्छ आज ऊ ईर्ष्याले जलेजस्तो
सप्तरङ्गी इन्द्रेणीले लाजको घुम्टो ओढेजस्तो
आऊ हात समाएर प्रीतको चिनो साँची राखौँ
बादलुको काखमा बसी युगौँयुग बाँची राखौँ

यतै कतै बज्छ्न् पाउजू सामीप्यले मदहोसी भै
तिम्रो छाया मेरो खुशी नाच्छ मन पुतलीझैँ
हरपल आइदेऊ सपनीमा मेरो निद्रा चोरिदिन
वसन्तलाई बोकी ल्याऊँ जीवनरेखा कोरिदिन ।