
जब मानव आमाको गर्भबाट यो धर्तीमा पदार्पण गर्दछ
त्यो बेला प्रत्येक आमाको मुटुमा एउटा हिरा बनेर
त्यो दर्दनाक पीडाको ज्वालामुखी माझ लडेर
आमाले आफ्नो पवित्र दुग्धका धाराले त्यो शिशुलाई
त्यो मातृवत्सलमा लीन भएर पहिलो भाषा पनि
आमामार्फत् नै ग्रहण गरेका हुँदा रहेछन् शिशुले पनि
हजारौं रात आफ्ना सपना र भोकलाई तिलान्जली दिएर
एउटा संसारको सबैभन्दा भाग्यमानी बालक मानेर
त्यो बालखले उनको माथ सधैँ उच्च राख्नेछ भनेर
खुशीको लागि निःस्वार्थ मायाका झरनाहरू बगाएर
उनले आफ्नो निश्चल प्रेमको गुरुत्वाकर्षण गराएर
अक्सिक्टोसिन हार्मोनको दूध मार्फत् वर्षा गराएर
सजाएर शिशुलाई आफ्नो मुटुको एउटा कुनामा सदाबहार
राखेकी हुन्छिन् उसको आकृति जीवनकालको एल्बममा हरेक प्रहर
तर केही सन्ततिहरू परिस्कृत हुन्छन् वयस्क कालमा
भुलेर त्यही आमालाई पर्देशी मायाको प्रलोभनमा
तीर हानेर आमाको मुटुमा बुढेशकालमा आजकल
बाँचेकी छन् त्यही शिशुको आगमनको हेरेर बाटो पल पल
बाँचेकी छन् कुकुर र बिरालोको सहारामा अहिले
बाध्य भएकी छन् पुछ्न आफ्ना आँशुका धारालाई पछौरीमा अहिले
अहिले ती वयष्कमा रूपान्तरित शिशुलाई
फुर्सद पनि नजुट्दोरहेछ कलियुगमा
आफ्नै आमाको व्यथा र वेदना सुन्नलाई
बनाउँछन् हजारौं बहाना ती सन्ततिहरू आज
बडो गर्दारहेछन् देखावटी माया सामाजिक सामाजिक सञ्जालमाझ
तर चहिएको छैन भौतिक प्रेम मात्रै बाबु आमालाई वर्तमान कालमा
मुस्किल रहेछ आफ्नो दैनिकी गर्न विसर्जन बुढेसकालमा
चाहिएको हुन्छ जसरी एउटा बालकलाई आमाको कोख शैशवकालमा
भएका छन् उनीहरू एउटा निरीह बालकसरि बुढेसकालमा
कोही बाबु आमाको मस्तिस्कका कोशहरू सुस्ताएका छन् गतिरोधमा
नाश हुँदै गएका छन् अल्जाइमरको प्रतिरोधमा
चाहिएको एउटा बालक सरी स्याहार र सुसार वर्तमानमा
खोजी रहेछन् आमा र बाबुले सन्तान रुपी लद्दीहरू
बिहान सूर्य उदयदेखि जुनेली रातसम्म प्रेमका हातहरू
यो नै रहेछ सबैभन्दा बहुमूल्य धरोहर
त्यसैले गरेँ आमा र बाबाको दैनिक हेरचाह र स्याहार
मिल्दछ ईश्वरबाट यो जीवनचक्रबाट मुक्तिको अमूल्य उपहार
नभुलौँ कहिल्यै आमाबुबाको सुन्दर अनुहार
पाल्पा,बर्तुङ् (हालः युके)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

