मन अल्झाएर फुर्सद छैन
आँसु बगाएर फुर्सद छैन
तिमीले आउँछु भनेको दिनदेखि
ढोका सजाएर फुर्सद छैन
हेर्छु हरेक फुलहरूलाई
पाउडर लाएर फुर्सद छैन
भगवान् कर्म गर नभन्नुस्
यहाँ भजन गाएर फुर्सद छैन
पाइलट बन्ने सपना राख्दै
कागज उडाएर फुर्सद छैन
धोका खान्नँ म भन्दा भन्दा
धोका खाएर फुर्सद छैन
भेट्ने मन के लाग्दो हो उस्लाई
बहाना बनाएर फुर्सद छैन
गाई पालनको बोर्ड लगाएर
गधा नुहाएर फुर्सद छैन
तिमीले फकाउँछु भनेको मान्छेलाई
मसँग रिसाएर फुर्सद छैन
पाप पखाल्छु भन्ने बागमतीलाई
मयल बगाएर फुर्सद छैन
तिम्रो वार्षिकीमा आएन छ ऊ
उस्लाई भोज खुवाएर फुर्सद छैन
जा बोल्दिनँ अब भन्ने मान्छेको
फोन उठाएर फुर्सद छैन
दुधौली-1, सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला