जून टिप्न भनेर उकालो लागेको चन्द्रे
सुस्केरा हाल्दै उकालीमा
सगरमाथा नचढ्दै कहाँ बिलाएछ
समुद्रमै पगेर नून ल्याउँछु भन्ने श्याम दाइ
किनारमै छालले हानेर बिलाएछ
माथि टाकुरामा छु म
प्रशान्त महासागरको
मेरिएना ट्रेन्च पनि
स्पष्ट देख्न सकिन्छ
चन्द्रमाको सोह्र कलामा
एक एक कला सापटी मागेर
गाउँभरि बाँड्ने सपना
के मलाई सापटी देलिन् त चन्द्रमाले ?
ऊनको रुप सजाउन बनाएको
श्रृङ्गार सामग्री
आशैआशले हात
फैलाएको एक युग भइसक्यो
मेरो सिङ्गो गाउँलाई पुग्ने
खुसी पाउने आशमा
बदलामा दिन्थेँ नि म
प्लाष्टिकले भरिएको समुद्र
कालो बाग्मती
देउता नभएको मन्दिर
हिउँ नभएको हिमाल
रुख नभएको माटोको जङ्गल ।
पाँचखाल — काभ्रे
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला