हामीले धुवाँको मुस्लो फ्याँकेर
पृथ्वीको फोक्सो नियाल्न खोज्छौँ
मुस्किल छ ! लेखिदिन्छौँ
हजुरहरू पढिदिनुहुन्छ
फेरि अर्को कविता !

ज्वरोले हन-हनी पृथ्वीको
नाडी छाम्न खोज्छौँ
बिसन्चो छ लेखिदिन्छौँ
हजुरहरू पढिदिनुहुन्छ
फेरि अर्को कविता !

उपाय बेजोड
उही त हो प्राचीन ओखती
जडिबुटी, झारजंगल
खुवाउने होइन ‘रोप्ने’ लेखिदिन्छौँ
हजुरहरू पढिदिनुहुन्छ
फेरि अर्को कविता !

मुण्डा कोठी, बाँसघारी,
सोनादा, दार्जीलिङ