सूर्यको उज्यालोलाई छेकेर
एउटा बन्द कोठामा
मेरो लोग्ने भनौंदो
प्रवेश गर्छ म सुत्ने ओछ्यानमा
र, मुस्कुराउँछ छेउमा आइपुग्छ
शरीर मन आत्मासम्मको
कुरा गर्न थाल्छ
मेरो आलिंगनमा टाँसिन आउँछ
अनि एउटा मीठो चुम्बन दिन्छ
त्यसपछि औधी प्रेम गर्छ
भुल्दै जान्छ परमात्माको प्रेमबाट
अर्कै लोकमा गएको
अनुभव गर्छ ऊ ।
सुम्सुमाउँछ छामछुम गर्छ
केही समयपछि संभोग गर्छ
र, उसको विर्यबाट
मेरो पेटमा गर्भधारण हुन्छ
म गर्भवती हुनेछु
सारा प्रसव पीडा सहेर
जन्मिन्छ नवजात शिशु
जो आजको युगलाई परिवर्तन गर्न सक्छ
विपी जस्तो पनि हुन सक्छ
महात्मा गान्धीजस्तो पनि हुन सक्छ
जे होस् यो युग परिवर्तन भएर नै छाड्छ
त्यसैले त्यो बन्न सक्छ
शताब्दीकै एकमात्र युगपुरुष ।