
स–साना केशराशि मिलेर
सजिएको छ चुल्ठो
घरि लर्किन्छ उत्तरको काखतिर
घरि फर्किन्छ दक्षिणको तट
भँगालो छुटेको नदीजस्तै
बाँटिएको तीन पोयामा
अल्झिएका छन् केही मसिना रौँहरू
उसैगरी अल्झिएको छ देश
रिबनको सहायताले टुप्पो बाँधियो
र, रोक्न खोजियो छरपष्टता
हावाको झोकामा चलेका संकेतहरू
बिस्तारै निस्किए
र, सलबलाउन थाले
उडुस बनेर
प्रबुद्धहरू भन्छन्
खहरेहरू नदीमा रूपान्तरण हुन्छन्
खै ! कहाँ भेट्यो त खहरेले
नदीको सतह र सागरको गहिराइ ?
घरको पिँढीमा बसेर
ज्वरोले निस्लोट भएका आँखाले म हेरिरहेछु
देशको चित्र र बग्दै गएको नदीको आकार ।
खोटाङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
