१.

सिन्को भाँच्न सक्दैनन्
=============
आश गर्नु बेकार हो
केही गर्नेवाला छैनन्
केही हुनेवाला पनि छैन
केही गरौँ भन्ने भावना नै छैन
इच्छाशक्ति र आत्मविश्वास
नै नभएकाले
सम्बन्ध तोडन सक्लान्
विश्वास भत्काउन सक्लान्
सिन्को भाँच्न सक्दैनन् ।

२.

त्यही गर्छौ
======
इतिहास रच्नु कुन चरीको नाम हो
प्रयास नै गर्दैनन्
कहीँ काकताली परेछ भने
आफैँ बन्छ, बन्नेछ
रच्छन् षडयन्त्रका तानाबुना
हान्छन् शब्दका व्यंग्य बाँण
बनाउँछन् सुन्दर उखानटुक्का
संस्कृति एक पुस्ताबाट
अर्को पुस्तामा हस्तान्तरण हुन्छ
त्यही सिक्छौ, त्यही सिकाउँछौ
त्यही गर्छौ ।

परशुराम १२, डडेल्धुरा