परिवेश उही छ, परिभाषा भिन्न
यात्रा जीवनको, रहेछ अभिन्न

सुखले मेरो, हाँसोलाई बुझ्यो
दुःखले मेरो, क्रन्दनलाई सम्झ्यो

कहिले उडायो, अनन्त आकासमा
कहिले गिरायो आफ्नै विश्वासमा

कसरी बुझौँ नियतिको खेल
आरोह, अवरोह, संगम या मेल

हाँसो लिएर बिहानी उदायो
दु:ख बोकेर जीवन अस्तायो

दु:खमा साथ दिने, धेरै कम आए
मलाई, मसँगै चिनाएर गए

सुख त रहेछ, केही क्षणको आभास
समय परिचक्रले दिलायो विश्वास

पहिचानको, कसी त, समय पो रहेछ
स्मृति सँगालेर जिउनु पनि त रहेछ !

हालः भर्जिनिया, अमेरिका