झट्ट देख्छु, नियाल्छु, अझ केलाउँछु
भित्र-भित्र,
कुन सम्बन्ध? कुन स्वरुप ?
न कतै खोज्न बाँकी राखेँ
न कुनै रोज्न बाँकी राखेँ
सबै चाखेँ, सबै पाएँ,
तर भेटिनँ
त्यो माया
खोतल्दै भेटेका ती सबै खानीहरू
केलाउँदै
ती सबै माया का खनिजहरू
तर भेटिनँ तिमीबाट वर्षेजस्तो मायाको एक छिट्टा पनि
हुन सकुँला म गलत, भुल्न सकुँला म ती कृत्रिम मायाका झाडीहरूमा
तर विश्वास छ
निकाल्ने छौ
ती कालरुपी पासोहरूबाट
तब ढाडस दिँदै केही तुच्छ भई बन्द गरिदिनेछौ त्यो प्रेमको ओइरो
अनि बुझ्नेछु माया
अनि देख्नेछु प्रेम खोज्ने उपाय ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला