साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

व्यग्रता

Chovar Blues Mobile Size
विमल किशोर श्रीवास्तव

अश्रु भएर नयनहरुबाट तिम्रो बग्न पनि सक्दिनँ
न त रक्तकोसिकाहरुबाट तिम्रो सन्चारित हुन सक्दछु, रगत भएर
धड्कन बनेर मुटुबाट तिम्रो धड्किन पनि सक्दिनँ
यद्यपि तिमी मेरो शरीरको अकाट्य अङ्ग भएको आँकलन गर्दछु।

सुगन्ध भएर श्वासभित्र तिम्रो प्रवेश गर्न पनि सक्दिनँ
न त आफ्ना भवनाहरु उजागर गर्न सक्दछु, जादुगर भएर
सुमधुर धुन बनेर आवाजमा तिम्रो जोडिन पनि सक्दिनँ
तथापि तिम्रो आत्माको उपस्थिति आफ्नोमा महसुस गर्दछु।

छाल भएर इच्छाको सागरमा तिम्रो डुबुल्की मार्न पनि सक्दिनँ
न त चपलतामा तिम्रो सम्लग्न हुन सक्दछु, मायावी भएर
प्रवचक बनेर चाहनाहरु आफ्ना तिमीलाई व्यक्त गर्न पनि सक्दिनँ
तथापि हरकदम तिम्रै समर्थन पाएको म भान गर्दछु।

मन्द पवन भएर कोमल शरीरमा तिम्रो स्पर्श गर्न पनि सक्दिनँ
न त चुम्बन गर्न सक्दछु तिमीलाई, भवरा भएर
सहयात्री बनेर सुखदुःखमा तिम्रो साझी हुन पनि सक्दिनँ
तथापि सदैव तिम्रो प्रेम, दर्शन प्राप्त गरेको अनुभव गर्दछु।

 

विराटनगर

प्रतिक्रिया
Loading...