एक पहाडको निर्झर
बाटो र उकालोमा एउटा लक्ष्य
भेटाउन दौडेको प्राणीलाई
जलको बुँद नै काफी हुन्छ
पानी नपाएको शरीर र
समयको त्यो रणमैदानमा
मैले एउटा कटु सत्यलाई जितेको छु
सपनाको मीठो खेती भन्नू नै तिर्खा
एउटा तिर्खा तिर्खाएको एउटा पक्षी हुन सक्छ या
मान्छेको गहिरो प्यास प्यास नै एउटा जल बुँदको
असल मुनामदन हुन सक्छ
लडाईंको मैदान मेसिन गनको गन्धजस्तो जलको बुँद
जहाँ यौनको अतृप्ति प्यासभन्दा
जलको बुँद नै महान् सेक्स पिएरको नाटक हुन्छ
जल बचाऊ जीवनको लामो दस्तावेज लेख्दैनमा
जलको बुँदको अस्तित्वमा लाम लाउन सकिँदैन
जलका बुँद सागरको अथाह सागर हुन्छ
समुद्रको कञ्चन गहिराई हुन्छ
र एउटा जीवनको लामो आयु हुन्छ
जलको बुँद एउटा अस्त्र हो
एउटा सञ्जीवनी हो
एउटा फिल्मको महान् स्परिट हो
जलको बुँदमा जातीयतालाई सिमाना दिनेहरू र
एउटा देशको पर्खाल लगाउनेहरू
जलको बुँदको एउटा विनियम कोरिनु छ
एउटा समान मूल्य कोरिनु छ
र
गाउँका पञ्च र दलालहरूबाट बचाउनु छ
बिहानै जलको बुँद गाग्री भरी लिन गएकी आमालाई
जात भन्नु हुँदैन
पहाड चिसो कन्दरा पाइने जलको बुँद
तराईको एउटा गहिराईमा पाइने जलको बुँद
हिमालको काखमा पाइने जलको बुँद
र एउटा मूलको बुँद
सबैको साझा हुन्छ
हामीले जलको बुँदसँग हैन
हिमालसँग
समुद्रसँग हैन
नाउलोसँग हैन
कुवासँग
हामीले जीवनसँग क्रान्ति गर्नु छ
र बचाउनु छ
जीवनको अमर जलको बुँद
वनको रुखलाई घना बनाएर
मैदानहरूलाई हरियाली बनाएर
जलको बुँद नै हाम्रो भूत, वर्तमान र भविष्य ।
रुकुम पश्चिम
चौरजहारी नपा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 









