
चुरोटको धुवाँझैँ उडाउन मन छ
तिम्रा यादहरू
उड्ने भए रमाउने थिए आज यी मन
आफैँसँग
मेरो खुशी तिमीसँग गाँसिएका थिए
तिम्रो खुशी कसैसँग बाँधिएका थिए
यसैमा त रैछ कसैको रोदन
कसैको मुस्कान
आजकाल जँड्याहाझैँ होश गुमाएको छु
गन्तव्य नै भुलेझैँ अलमलिएको छु
त्यसैले त
अचेल अपरिचित ठाउँमा पुगी
हराएको छु
भित्रभित्रै सिध्दिँदै छु
आफ्नै मनभित्र शब्द, भाव केलाई
मारिरहेछु
हत्यारामै हुँ सजाय के छ ?
अझै भोग्न तयार छु म
चुरोट सल्किरहेछ धुवाँ उडिरहेछ
त्यसरी नै
मेरो शरीर बलिरहनेछ
अनि आकाशमा धुँवा उडिरहने छ ।
भक्तपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
