विनिता सापकोटा
अलिकति पनि मानवीय संवेदना नहुनेलाई
अलिकति संवेदना सापटी दिनु छ
छियाछिया भएको छ मुटु
बगेको छ रगत भेल सरी
सुकेका छन् मांस अस्थि
आत्महत्या दुरुत्साहन
मुद्दा लाग्छ रे
म आफैँ मरेँ भने
शब्द शब्दको प्रहारले
शरीर लाश भइसक्यो
कुन अभियोगमा मुद्दा लाग्छ यसमा
त्यसैले मैले सापटी दिँदैछु
शब्दको र प्रयोगको
अलिकति भावना अनि संवेदनाको
ढुङ्गाजस्तो साह्रो हृदयको कुनामा रस
उम्रिन्छ कि ऋणमा बेचेको शब्दले
कामना छ मेरो,
जगत
मेरो र अरुको पनि सोचोस्
भोजन भाग भाग होस्
छरोस् ज्योति सूर्यले झैँ
न्यानो उज्यालो झलमल पारेर
आफू त परियो रुखमुनिको बिरुवा
ऊ त छहारी ठूलो तर
म मरे पनि देख्न नपाई
घामको ज्योति
समभाव बाँड्ने शुभकामना ।
पाँचखाल १०, काभ्रे
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला