यो सुन्दर बाघको हो कहानी
जसको सुन्दर रङ हेर्दाहेर्दै बित्दथ्यो पुर्खाको जवानी
उस्लाई प्रकृतिले यस्तो दिव्य रूप दिएका रहेछन्
जसको गाँसको लागि प्रकृतिले
यो सुन्दर आकृति कुँदेका रहेछन्
तर मृगका आँखाले
यो आकृतिलाई केवल हरियो देख्दा रहेछन्
यिनीहरू जंगलका वास्तविक मालिक रहेछन्
आफ्ना सुन्दर पाइला लम्काउँदै
मयूरसँग मितेरी लाउँदै
मेरो बाल्यकाल बित्यो यिनीहरूसँग बयेली खेल्दै
तर मानवले हरेका रहेछन् यिनीहरू
बासस्थानमा
यिनीहरूको घर भत्काउने काम भयो द्वन्द्वकालमा
यिनीहरू त्रसित भए बन्दुकको गोलीका आवाजमा
अपाङ्ग भए यिनीहरू, ल्यान्ड माइनमा
यिनका शिशु भए अनाथ, गोला बारूद विस्फोटमा
यिनीहरू भोकले व्याकुल भएर
गुहारे प्रकृतिलाई
तर कस्ले सुन्ने यिनीहरूको रोदन ?
यिनको बास भनेकै जंगल
यिनीहरूको गाँस भनेकै त्यहीँका जन्तु
यिनीहरू पहिला राजा माहाराजाको शोखले मारिन्थे
रुचाउँदैनन् यिनीहरू कैदी हुन् चिड़ियाखानामा
त्यसैले बन्द नगरेसम्म मास्ने क्रियाकलाप
यिनीहरूको घाँस र बास भएको जंगलमा
अहिले नभए सचेतना
देख्न पाउने छैनन् हाम्रा सन्ततिले यिनीहरूको सुन्दरता
अनि भंग हुन्छन् प्राकृतिक स्थिरता
त्यसैले यिनीहरूको बास र गाँसको गरे सुरक्षा
हुनेछ हाम्रो जंगलको रक्षा
त्यसैले यिनीहरू हुन्, नेपाली जंगलका बादशाह
तसर्थ गरे यिनीहरूको रक्षा
हुनेछ जंगलको सुरक्षा
दिलाऔँ हाम्रा सन्तानलाई
वन्यजन्तु संरक्षणको शिक्षा
त्यसैले बाघको रक्षा
बनाऔँ जीवनको मूल आकांक्षा

 

बर्तुङ, पाल्पा
(हालः युके)