मलाई थाहा थिएन
मेरी आमा मलाई पर्खिरहेकी रहिछन्
म बाबासँग रहँदा
म मेरी कान्छी दिदीको खोजीमा आमाकहाँ आएँ
मेरी दिदीले त गर्भमै प्राण त्यागिन् रे
आमाले आफ्नै हातले घिसारेर
यो पृथ्वीको गर्भमा बुझाएकी थिइन् रे
मलाई दुःख लाग्यो
आमा एक्लै थिइन्
आमासँगै बस्ने निर्णय लिएँ
हवन भयो
कुण्ड बल्यो
मेरो जन्म भयो
कति राम्रो नाम जुर्यो
ईश्वरको, तर बेमुलुकी राजाको
नामले गर्दा असुरक्षित भयो रे परिवार
नाम परिवर्तन गराइयो
मेरो नामले के सुरक्षा दिन्थ्यो कुन्नी
आन्दोलन चर्कियो
आखेट गर्दै आन्दोलनकारीहरू मारिए
जनता बडारिएँ
कति छिमेकी मुलुकमा
कति आफ्ना पुर्ख्यौली थलो खोज्दै बढारिए
चट्याङ पर्यो, आघात भए बेकसुरहरू
यतिमै विश्राम लिएन यो ताण्डव नाचले
मछुवाराहरूले तुर्सा खोलाको किनारमा
नाउ थन्काए
डराउँदै घरतिर लागेँ
धान पाक्यो, दाइ गर्न नपाउँदै, कुन्यूँ सल्कियो
अब ती देउसे भैलेले दिएको आशीष
पुर्खाले जमरा लगाएर दिएको आशीर्वाद फलिभुत हुनुथ्यो
सबै सन्तान संसार डाक्न गए
आशीष फलिभुत भयो
तर बाँचेन
त्यो समाज
बाँचेन
त्यो संस्कृति
बाँचेन
त्यो अस्तित्व
चट्याङ फेरि आउँछ
यस्ले अझै
कति क्षति गर्ने हो भविष्यको?
क्यानडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।