सबै नजिक हुन्छ्न्, यहाँ पैसा भए सि
हाँस्दा-हाँस्छ्न् रुँदा रुन्छ्न्, पैसा भए सि

रगतको नाताभन्दा ठूलो रैछ यहाँ पैसा
मरेको लासलाई बल्ल छुन्छ्न्, पैसा भए सि

आफ्नो को पराइ को चिन्ने कसलाई यहाँ
पैतलामुनि थुन्छ्न्, यहाँ पैसा भए सि

कसलाई भनुम् के सुनाउँ मेरो मनको बेथा
आफ्नैले त बल्ल सुन्छ्न् पैसा भए सि ।

 

चाँगुनारायण न.पा. ९, भक्तपुर