चन्द्रमाभित्रको दागजस्तै
सम्मभित्र पनि त खोँच रहेछ
खुल्ला आकाशभित्र पनि त
खुम्चिएको सडक रहेछ
त्यसैले त सन्तुष्ट बन्छन्
कयौं सन्तुष्टिहरू
गदगद चेहराभित्र पनि
लुकेको चोट रहेछ
युगौँयुग शान्त देख्ने सिन्धुभित्र
भित्रभित्रै पाकेको रोग रहेछ
खुसी हुनुपर्छ भन्ने सिकाउने
ओठभित्र पनि
हजारौं दुःखको सेयर रहेछ
जुनकीरीलाई पनि त आफू को देखाउन
गाढा रात चाहिँदो रहेछ
सधैं तुसारो र भीर ठान्ने शिखरमा पनि
ठूला फाँट र डाम्ने राप रहेछ
नछुँदै कोमल स्पर्श दिने प्रेमभित्र पनि
एकोहोरो हेर्दाहेर्दै खोट रहेछ
चन्द्रमाको दागजस्तै
सम्मभित्र पनि त खोँच रहेछ
खुल्ला आकाशभित्र पनि त !
खुम्चिएको रोड रहेछ।

 

मण्डन देउपुर न.पा-०१,काभ्रे,