त्यही कालो पुरानो गोबर लतपतिएको कोट
आगोको झिल्कोले बनाएको आँखीझ्यालभित्र
टल्किएको धुलोमय सेतो
कपाल देखिने ऊनीको टोपी
एक दशकअगाडि
दशैँका टीकाका दिन
दिनभर बस्तुलाई घाँसपानी गरेर
मुखिया बालाई दशैँ मनाउने छुट्टी दिएबापत
बक्सिस पाएको
वर्षौंको हिलो, धुलो र मैलोले खाएर
बाढी, पहिरो र पसिनाको प्रहार झेल्दाझेल्दै
समयको प्रहारले आधी भएको
जीर्ण सुरुवालको माथि पट्टिको भागले
लाज ढाकेका मेरा मंगले दाजु
आज सपनामा आए अनि भने‑
“भाइ
गाउँमा गयौ भने मेरो छोरालाई भनिदेऊ
पहाड फोरेर खाऊ तर मुखियाले दिएको कोट
कहिल्यै नलाऊ ।”
अल्बानी, क्यालिफोर्निया
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला