
बत्तिसपुतली भएर मेरा पैतालाहरू पर्यायात्रा गर्दैगर्दा
यी आँखाले देखे
साँगुरो सडक पेटीमा लहरै उभ्भिएका मान्छेजस्तै विरुवाहरू
र यो मनलाई लाग्यो तिनीहरू
-तिर्खाएका सडक बालबालिका जस्तै
-पशुपतिमा माग्न बसेका भोका माग्नेहरू जस्तै
-खुट्टा भाँच्चिएर उभ्भिन प्रयासरत बिरामीहरू जस्तै
अनि यो हातलाई लाग्यो
-एकएक बोतल पानीले सिंचन गराइदिऊँ
-एकएक बोरा मल पकाएर भोजन गराइदिऊँ
-र एकएक थाङ्ग्राको सहाराले ठड्याइदिऊँ
ताकि तिनीहरू जिउन सकून् हरित मानव भएर
र गाउन सकून् अक्सिजनका गीत !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

ज्ञानबहादुर क्षेत्री
२०७८ फाल्गुन १५ ०३:०१