म खोज्दैछु
मेरो हाँसो भित्रको दुःख बुझ्ने
मेरो रीसभित्र माया देख्ने
अनि मेरो मौनता भित्रको कारण खोतल्ने
मान्छे
अनि
म सोच्दैछु
कोही त होला मलाई पनि भन्ने
तिम्रो भित्रको दुःख म बुझ्छु
तिम्रो भित्रको माया म देख्छु
इशारा मात्र गर न तिमी
म मौनता भित्रको भित्र पनि खोतल्छु ।

म कोर्दै छु
सपनाका महलहरू
त्यो महल भित्रका हामी
कल्पनामा सही
कोर्दै छु तिम्रो र मेरो आकृतिहरू
र पर्खाइमै छु कोही आएर भनोस् त मलाई
तिम्ले जस्तै हाम्रो महल
अनि आकृति मैले नि कोरेँ
तिमीसँग नै तनमन जोडे

म पर्खाइमा छु
मलाई अथाहा माया गर्ने
खोज्दैछु
सँगै जीवन बिताउने मान्छे
बूढेसकालको साहरा ।।