म त सानी कोपिला हूँ बगैचा कि छोरी हूँ म
आफैभित्र अनेक रङ्ग भर्दैजाने धुनमा छु म

बगैँचाका सयौँ फूल सबै मेरा साथीभाइ
रङ्ग हेरी भेदभाव छैन मेरो कसैलाई
ए पुतली, ए भमरा, तिम्री झनै प्यारी हूँ म
आफैँभित्र अनेक रङ भर्दैजाने धुनमा छु म

बिहानीमा फक्रन्छु म झुल्के घाम हाँसेपछि
सद्भावमा रमाउँछु थुङ्गा थुङ्गा गाँसेपछि
मालिदाइ तिम्रै हातले सजाएकी फूल हूँ म
आफैँभित्र अनेक रङ भर्दैजाने धुनमा छु म

म त सानी कोपिला हूँ बगैँचा कि छोरी हूँ म
आफैँभित्र अनेक रङ भर्दैजाने धुनमा छु म ।