कसले टेकेर गएछ
झरेको पातको छातीमा
बेरङ रङ पनि हर्नेगरी?

कसले हो मुटु नै रेटेर गाइरहेछ
सम्झनाको यति रातिमा
मन नै मर्ने गरी !

खै को हो?
देउरालीको फूल र पातीमा
कसम छोडी राखेर एक्लै हिँड्छ
यसरी घरीघरी।

दार्जिलिङ, भारत