
शार्दूलविक्रीडित छन्द
हिजो आज कता छ के छ खबरै, सोध्छु म यौटा भनी
खल्ती हेर्छु, खोज्न व्यग्र मनले, ऐना मुखौटा अनि
बिस्तारै त चिने छुरा छ बगलिमा, ओठमा छ हाँसो झुटा
तिम्रो नाम म रक्त दान गरुँला, सम्झेर यिनै कुरा
तिम्रा पाउ बिझे दुखे दिनदिनै, मैलाइ पोल्थ्यो हरे
तिम्रा घाउ दिनहुँ दु:ख सहदा, मैले नि सेक्ने गरेँ
तिम्रै मात्र पिरै परेपछि सधैं, आफै बिर्सेँ म आफैँ जब
तिम्रै कारण मै रहिन म भित्र कतै, सन्दर्भ यो बास्तव
आफ्ना गित सुटुक्क बेचिरहदा, सुन्थौ ती तिम्ले पनि?
मेरा चोट लिइ महत्व मनमा, मल्हम् लगायौ कति?
मैले याद गरेर खोजी गरदा, तिमी हरायौ कता?
छाँया झैँ म भित्रै रहे जसरी खै, घामै लुकायौ कता?
दुधौली-1, सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
