आलाप गर्दैछ विलासी रागहरूमा
मस्त छ आजको कृत्रिम मानव सामाजिक सञ्जालको ईन्द्रजालमा
आँखाहरू पनि जाली भएका छन्
असीमित बास्नाहरुले उब्जाएको आवेगमा
रोगी बनाएको छ आफूले आफैँलाई
यो कृत्रिम सुख सिर्जित मोहको दौडमा
परिवर्तन भएको छ, मानव मानसिक रोगीमा
चुम्बन नगरे सामाजिक सञ्जालका ओठहरूमा
उन्माद भएको छ मानव मस्तिष्क यसको दुर्व्यसनमा
जंक खाना र अनलाइन किनमेल भएको छ एउटा लतमा
जलेको छ यो एउटा दियोको दीपसरि
अस्थिर मनको क्रोध र व्यग्रताको आगोमा
बाध्य छन् बालक पनि अब कृत्रिम बाबुआमाको अवतारसित भलाकुसारीमा
वन्चित छन् शिशुहरू आमाको पवित्र दुग्धपानबाट
ओइलाउँछ गरे शारीरिक सुन्दरता शिशुलाई स्तनपानबाट
किनकि सिकेका छन्, दिव्य उपदेश समाजिक सञ्जालमा
बनाएको छ आधुनिक दास मानवलाई आफ्नै मतिबाट
भएका छन् अहिले कुकुरहरू पनि धेरै भुक्ने अचेल
भएका छन् दुःखी र लाचार मानव सङ्गत माझ
तसर्थ डुबेको छ मानव असीमित भौतिक सुखको तलाऊमा
बनाएको छ दिन प्रतिदिन आफूलाई आफैँले एउटा यान्त्रिक रोबोटमा
भइरहेको छ सम्पूर्ण विश्व कृत्रिम मानवको अधिनमा प्रत्येक दिन
अनि आउने छ, यो नै मानव पुस्ताको लोपको कालो दिन ।
बर्तुङ्, पाल्पा
(हालः लण्डन, युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।