

रवीन्द्र केसी
अचेल किन गुन्जिदैनन् ती मधुर आवाजहरु
निष्पट्ट रातको शून्यतामा,
कोइलीको सुमधुर आवाजझैँ
सपनाको एउटा युगमा सधैँसधैँ,
गुञ्जिन्छन् तिम्रा मधुर आवाजहरु,
अनि म त्यसैको माधुर्यमा मदहोस हुँदै,
बिर्सेर यथार्थका कोलाहलहरु !
नाघेर खुशीका सिमानाहरु !
तिम्रै मायालु आवाजसँगै सधैँ मग्न छु
मेरा लागि तिमी भन्नु नै तिम्रो आवाज हो
म तिनै आवाजसँग अन्तरंगी पलहरु बिताउँछु ।
खोई, तिमीले त भुल्यौ कि सम्झेकी छौ,
लाँकुरी डाँडामा बाँधिएर अँगालोमा,
“मलाई कहिल्यै नछोड्नु ल !” भन्दा तिमीले,
म भित्रका खुसी र त्रासको के हिसाब ?
तर आज समय बदलियो र शायद तिमी पनि
अब त मसँग केवल तिम्रो आवाज छ
म त्यही आवाज मादकतामा
सपना हो कि विपना !
नबुझेरै हजारौँ दिन मातिरहेर
र, शायद चेतना शून्य भएँ !
अनि बुझिनँ मैले
अचेल किन गुन्जिदैनन् ती मधुर आवाजहरु…।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
