आगो
किन यसरी
कित्लीको गिदी तताएर
चियापत्तीको मयल निचोरेर
दुधको शुद्धताविरुद्ध धावा बोलेर
सेता चिनीका गेडाहरू निल्छ
र
टाउकाबाट धुँवा निकाल्दै
बेजोडको सुगन्ध बोकेर
गिलासको परिधिभित्रको झोल
चिया न्वान गरेर निस्किन्छ
हो
यसैगरी थुप्रै चिजहरू निचोरेर
चलेको हुन्छ मान्छेको एक घुट्को सम्बन्ध
सजिलो कहाँ छ र जिन्दगी चियाजस्तै बनाउन
चिया चिया मात्रै होइन
धेरैलाई
बुढ्यौलीको दौँतरी हो
चौताराको सारथि हो
यसो घुम्तिमा कुरो मिसाउने बहाना हो
अरुलाई अहिले ऎजन ऎजन थाँती राखौँ
चिया यसो घाँटी भिजाएर चुरोट पिउने चाहना हो
चुरोट तलतल हो
चिया हरपल हो
चिया घरको गनगन अलि कम सुन्न
दौँतरीका गफ अलि बढी झन् झन् सुन्न
एक्कैछिन चौतारासम्म खुट्टो तन्काउन
सगोलमा गाउँको खबर सुन्न
ऊ जुगदेखि नै
बाउ-बाजेदेखि नै
खाली पेट खाने खाजा हो
चौतारो फलाना ढिस्कानाको घरको खबर
निःशुल्क घोलेर पिलाउँछ
चौतारो देश विदेशको खबरको हुलाकी यहि चियाको
झोलमा मिलाउँछ
बुझ्नुभयो भने
चिया चिया नै हो भनेर
पाइथागोरस जसरी प्रमाणमा
तपाईं रोबोटको स्वासले पैँचोमा चलेको चेतना हो बुझ्नुस्
किनकि चिया चिया हुँदै होइन मेरो गाउँमा
यो सम्बन्धहरुको पञ्चामृत हो
यो समाचारहरूको रेडियो हो ।
आगो
किन यसरी
कित्लीको गिदी तताएर
चियपत्तीको मयल निचोरेर
दुधको शुद्धताविरुद्ध धावा बोलेर
सेता चिनीका गेडाहरू निल्छ
र
टाउकाबाट धुँवा निकाल्दै
बेजोडको सुगन्ध बोकेर
गिलासको परिधिभित्रको झोल
चिया न्वान गरेर निस्किन्छ
हो
यसैगरी थुप्रै चिजहरू निचोरेर
चलेको हुन्छ मान्छेको एक घुट्को सम्बन्ध
सजिलो कहाँ छ र जिन्दगी चियाजस्तै बनाउन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।