कस्तो अचम्मको अवस्था मेरो
मनभरि छ पीरले भरिएको

पर्खाइमा छु एक तिर्सनाको तर
आउँदैन त्यो निष्ठुरी बनिदियो

तिमीलाई पनि अल्झायो तेसैले,
शून्यता अनि आँशुमै डुबायो

गल्ती हुनपर्ने सबै मेरै भए
भाग्य पनि त निष्ठुर बनिदियो

सँगै हुँदा सम्पन्नतामा खुशी हामी
व्यक्तै नगरी गाढा माया बसिदियो

चुपचाप अँधेरीमा अँगालोमा हामी
आँखामा आँशु छुट्टिने दिनको अघि

भन्न मन थ्यो जाँदिन टाढा
न्यानो तिम्रो अँगालो छाडी

सक्थिन रोक्न कर्मको बाटो
देशको बेथिति, कठै विदेशी नेपाली

पोखौँ आफैँमा रिसको भारी
कुरुप नमिलेको आफ्नै परिस्थिति

बुझ्दा बुझ्दै विक्षिप्त मनलाई
जेलझैँ जीवन भोगेको छु आफ्नै

लाग्दैन केही हर्ष र उमङ्ग
घोत्लिन्छु आफ्नै सम्झेर वेदना

सुस्ताउँछ जसै बर्खे त्यो भेल
खसेको मन थामुँ म कसरी !

माया, सम्मानले ठडेको चुली
पोखुँला कैले तिमीमा कसरी !

सान डिएगो, क्यालिफोर्निया, अमेरिका