
हिजो आज दिनहुँ ब्रेकिङ न्युज देख्छु
सबैलाई आफ्नै मात्रै तनाव भएको देख्छु
जन्मेदेखि देशमा अशान्ति देखेको म
अहिलेसम्म पनि देश जस्ताको त्यस्तै देख्छु
दु:खसुख जिन्दगीको रीत हो भन्थे
खै मैले त जीवनमा दु:ख मात्रै भेट्छु
पहिले पहिले नेपालमै केही गर्नुपर्छ भन्थे
अहिले त देश छोडी प्रदेश हिँड्नेको घुइँचो देख्छु
पावर छैन पैसा छैन के जागिर खान्छस् भन्छन्
यस्तो सुन्दा आफ्नै भविष्य पनि अन्धकार देख्छु
उमेर रहुन्जेल देशमै केही गर्छु भनी लागेका पनि
बुढेसकालमा पासपोर्ट बोकी एयरपोर्टमा लाइन बसेको देख्छु
कतिको घर बिग्रियो कति मर्न बाध्य छन्
खै कस्लाई दोष दिने यहाँ सबै आफ्नै स्वार्थमा छन्
फूल सबै चुँडाइलगे काँडा मात्रै बाँकी छन्
कस्लाई सुनाऊँ मनको पीडा मनभरि कहानी छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
