
कुमारी मन्दिरमुनि
वसन्तपुरमा बसी
कवि सुदन खुसःको चिया पिउनु पनि
बन्द भए छ
वसन्तपुरमा भएका मेचमा बसेर
आँखा डुलाइरहने
मञ्जुमान पनि आएनन्
मरु टोलको एउटा कौसीमा जम्मा हुने
म, भरतदाइ, नरेशवीर,
धर्म, किरण र भूषणदाइ आदि इत्यादि
सबै यतिउति छरिए

नारद वज्राचार्य
उन्नति, प्रगति, व्यस्तताले
सबैसबै नै स्थगित भए
विचार शून्य भए
नदेखिने लाखे–लसिंहरुको
सम्भावित आक्रमणले
त्रसित मन
दन्किरहेको आगो झैं
भरभराउँदै छ
त्यसैले
भुइँमा कमिला हिँडे पनि
आकाशमा चराहरु उडे पनि
बाटोमा मान्छे हिँडेनन्
मानिसहरु सबै नै
आआफ्नै
क्वारेन्टाइनमा परे
इतिहासको गौरव
विश्वलाई मोहित बनाएका
देशको प्रतिष्ठा
हनुमान ढोकाका
कलात्मक मन्दिरहरु
जात्रा र पर्व
सुवास र सौन्दर्य
फुलिरहेका फूल
कथा कविता
सबै सबै
अर्थहीन भई
छरपस्ट पल्टिएका छन्
धुलो जमेर
जालो लागेर
छोपिँदै छन्
बुझे मान्छेले
मान्छे भए मात्र छ
यी सबैको हुनुको
अर्थ ।
नोटः यसमा उल्लिखित नामहरु नेपालभाषाका लेखकहरु हुन् ।
कवि परिचयः
नारद वज्राचार्य लामो समयदेखि लेखन कर्ममा लागिरहेका व्यक्तित्व हुन् । उनका कथा, कविता, संस्मरण, लेख आदि निरन्तर प्रकाशित भइरहेका छन् । दुइ पुस्तकका लेख उनले साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेका छन् । उनी नेपालभाषा एकेदेमिद्वारा प्रदान गरिने ‘दान्यहीरा सिरपाः’ पुरस्कारबाट सम्मानित लेखक हुन् ।
अनुवादः आर. मानन्धर
मूल नेपालभाषामाः

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
