तँ
चोर बनेर
सूर्य किरणले नदेख्ने गरी
एक पेग कम्युनिष्ट ह्विस्की चोरेर ले यार !


भीम भएर
हँसिया हतौडाको सामना गर्दै
माओवादको लेग विङ्गस् लेर आउँछु

ओई
सुन्न यार
त्यो तेरी तरुनी छ नि
तँलाई के त, सधैँ बोलाउँ छे नि पिपल चौतारीमा
त्यो पिपलको एउटा हाँगा गिँडेर
एक भारी दाउरा ले भन् है !

तैँले ले को ह्विस्की
मैले ले को लेग विङ्गस्
मस्त पोलेर खानु पर्छ

अब देश बनाउनु पर्छ क्या
देश जिन्दवाद !