
सञ्जीव विश्वकर्मा
मलाई लाहुरेले सोध्यो,
मैले छोड्न बाध्य भएको मेरो देश कस्तो छ ?
मेरो टोपी त कुच्चियो शर्मले
सगरमाथाको उचाई कस्तो छ?
फेवातालको पानी रित्तियो कि छ अझै
आँखाबाट त आँशु झरनासरी बग्दैछ
एक्चोटी त भन्देऊ मैले बाध्य भएर छोडेको मेरो देश कस्तो छ ?
मलाई लाहुरेले सोध्यो,
खोला बग्छ कि किनारबाट
कि बग्छ मेरो घरबारीबाट
मलाई त बगाइलग्यो अर्काको देशमा
भन्देऊ न, दुःखको बहाव कस्तो छ ?
रौतहट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : भवानी पाण्डेकाे ‘अक्षुण्ण’देखि विवेक ओझाको ‘ऐँठन’सम्म

फिल्मले नै आत्महत्या गर्नबाट बचाएको ‘नाटु नाटु’का कोरियोग्राफर
