आफूसँग आफैँ भागिरहेको
आफूले आफूलाई ढाँटिरहेको
म
रहेको साहस बटुलेर
आज आफूले आफैँलाई
एउटा प्रश्न गरिरहेछु
म कस्तो जीवन बाँचिरहेछु ??
ठूलो आकाशको खोजीमा
साँघुरो पिँजडाको कैदी भएको छु
अभिमन्यु जस्तै
चक्रव्यूहको दलदलमा फसेको छु
म स्वतन्त्र जीवन बाँचिरहेछु
टुसा बनेर पलाउन खोजेको
झन् झन् माटोमा भास्सिएको छु
सिद्धयाउनु हिँडेको
आफैँ समाप्त भएर
खोक्रो भएको छु
म प्रचुरताको जीवन बाँचिरहेछु
गुन्द्री बन्ने सपना बुनेको
परालको मुठ्ठो म
थारो भैंसीको आहार भएको छु
म सार्थक जीवन बाँचिरहेछु ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला