भव्य महल हुँदैमा त्यो घर हुँदैन
जुन घरमा नारीको आदर हुँदैन

बुझ्नुस्, स्त्रीलाई कमजोर ठान्नेहरू
फूल कोमल हुन्छ तर काँतर हुँदैन

कदम कदममा होसियार रहनु चेली
चिप्ला कुरा गर्ने पुरुषको भर हुँदैन

श्रममा पनि लिङ्ग भेद, किन ?
नारी र पुरुषको वेतन बराबर हुँदैन ?

दयाकी ध्वनि हुन्, शब्द हुन् नारी
करुणा जति समर्थ कुनै स्वर हुँदैन ।

 

तनहुँ
हाल: टोरन्टो, क्यानडा