
कहिले वृक्षमुनि कहिले पँधेरोमा
फोहर, झाडीमा मिल्काइने अर्भकहरू
जाडोको कहरले सूर्यको किरणले डाम्दा
च्याहाँ च्याहाँ गर्ने मातृहीनहरू
पितृहीन माताहीन अनाथ वेवारिसे
कसरी जन्मिन्छन् पाठेघर र शुक्रकीटाणु बिना
पवनसुत, सीता, कबीरदास जन्मे जस्तरी
त्रेतायुगीन चमत्कारझैँ माटो र हावामा
काख उजाडी आँचल फटाउने जननीहरू
विश्वास, संघर्ष, पिँढी गुमाउने जनकहरू
जीवन लुट्दैछन् तिरस्कृत गर्दैछन्
अबोध अबोला तनमन अनाथ बनाई
नगरवधु, सहरवधु, रहरवधु
सडकमा सुत्केरो फाल्छन्
नवजातक वेजात अवैध गनिन्छन्
अवैध, खाते, वेसहारा बनाउने बाआमाहरू
सत्य लुकाई सुइकुँच्चा ठोक्छन्
कयौं साक्षी मनहरू
काला दाग छ्यापिएर लुकेका छन्
गवाही बिना गुम्सिएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
