आऊ आऊ नजिक आऊ
बनुन् मीठा तिम्रा यादहरू
किन लाज मान्छ्यौ अझै
टुटोस् मौनताको हद तिम्रो

छटपटीमा बित्छन् दिन
दुःख बन्यो याद तिम्रो
कसले छेक्यो, कसले रोक्यो
फर्की आउने पद तिम्रो

चन्द्रमालाई सोधेँ मैले
सोधेँ जूनलाई पनि
थहा छैन किन मलाई
याद बन्यो माद तिम्रो

एउटै विचार जिन्दगीमा
रङ पनि हाम्रो मिल्थ्यो
सिरानीको तस्बिर हेरी
कल्पन्छु त्यो काँध तिम्रो

रोग छैन, बिमार छैन
किन दुख्छ मुटु यो ?
स्मृतिको धुपले पोल्दा
कहाँ छन् कोमल हात तिम्रो?

कर्म भोग्छु नियतिको
जीवन चल्न चलेकै छ
अमृत सेवन गरे पनि
छैन त्यसमा स्वाद तिम्रो ।