अँगेनीमा तातो कुँडाे
कुनै कुना थिएन
ऊ तातै थियाे
अब के गर्नु हात त हालिहालेछ
अब बिस्कुन हुने भाे
अम्मलमा दबिएर
स्वादहरू

गलत गरिएछ माननीय तम्रा नाममा चिठ्ठी काेर्न
सायद चिठ्ठा भनेकाे भए
कत्ति पटक धाउँथ्याै हाेला मलाई पराेस् भनेर
अनि खुब रमाउँथ्याै हाेला
मेरा मसिना अक्षरहरूकाे तीरबाट बचेकाे ठानेर
जब तिमीले संसदहलमा गएर
मल बाेक्ने
भारी बाेक्ने
जुठेल्नामा भाँडा माझ्ने आमाहरूकाे नाममा
सपथ लिन्छाै अनि थाहा हुनेछ
तिमी काे हाै भनेर
त्याे भन्दा अघि यति जानाै
राष्ट्र बचाउने बन
खाेक्र्याउने हाेइन
जनता र देशकाे शीर झुकाउने नबन
त्यतिखेर उल्टाे पराजित
सुल्टाे अपराजित
उल्झनले इतिहासकाे
स्मृतिमा कहिल्यै
घाटा पुर्याउन जाँदैन

यस्तै थियाे उनकाे
र मेराे घमण्ड
जतिखेर पाेखियाे
उल्टाकाे अपराजित हिस्सा बनेर
अनि मेराे सम्भाव्यता टाढिएछ
उनकाे राेजाई पराजित भएर

र विश्वासकाे सम्बन्ध क्षणभङ्गुरले
तहसनहस भइदियाे
यसरी हामीबीच विभक्तताकाे दरार
लेखेर संसद् उठ्याे
र मेराे देशभित्र उसकाे हिस्साले
अमिट प्रभाव पायाे
तर हामी छिन्नभिन्न हुनु परिरहेछ
सानाे ख्याल उस्का मुद्राकाे कमाल ।