
पाल्पा भूमिको नेपाली माटोमा मौलिक पहिचान सहित जन्मिएको लघुतम काव्य ‘ शीत ‘ छोटो समयमै पाल्पा, गुल्मी ,स्याङ्जा ,रूपन्देही ,कपिलवस्तु , नेपालगंज , कैलाली,महेन्द्रनगर ,जुम्ला ,मुगु , स्याङ्जा ,तनहु,लमजुङ ,पोखरा, नुवाकोट ,ललितपुर ,भक्तपुर , चितवन, मोरङ , पाँचथर, झापा आदिमा मात्र नभइ, राजधानी काठमाडौं देखि मेची महाकाली संगै भारतको आसाम, यु ए इ , स्पेन हुँदै अमेरिका सम्म पुगेको छ ।
“काव्य विधाभित्र दुइगुणे चार पंक्ति आठ अक्षरको चतुष्पदीय स्वरूपमा संरचित लघु उपविधानै शीत हो ।” अनुप्राश मिलेका,अनुप्राश नमिलेका, छन्दमा रहेका,अन्ताक्षरी स्वरूप , कथा अादि गरी हालसम्म २२ वटा भन्दा बढी स्वरूप / सूत्र / नियम/ सिद्धान्तमा रहेका शीतहरू लेखिदै आईएका छन् । शीत बालकदेखि बृद्ध सम्म सबैले सजिलैसँग लेख्न सक्छन् । स्थापित , क्रियाशील एवं नवसर्जकहरूले विभिन्न बिम्ब प्रतीक र रसमय शीतहरू लेख्दै आएको पाइन्छ ।
यहाँ १०स्रष्टाका शीतहरू प्रस्तुत गरिएको छ :
लेउ
देउ
भेउ
देउ
आँखा
सन्के
आगो
दन्के
निभ्यो
चुलो
व्युझ्यो
हुलो
दीर्घबहादुर चन्द ‘ सुमन : महेन्द्रनगर
आउ
प्रेम
गीत
गाउ
अर्म
पर्म
छाेडे
कर्म
खोप
मात्रा
गाई
जात्रा
नवराज बराल ‘ निशान्त’ : पोखरा
सन्त
गए
हन्त
आए
सुन्नु
गुन्नु
उन्नु
राम्रो
सेट
मिल्यो
जेट
उड्यो
टंक पन्त: पाल्पा
लौन
साथी
केछ
माथि
सत्य
कुरा
बांगो
दृष्टि
चोखो
माया
भोको
पेट
श्रीभक्त पौड्याल : स्पेन
छुद्र
बोली
हुन्छ
गोली
लाली
ओँठ
बोली
खोट
झर्यो
शीत
गर्यो
हित
शिव रेग्मी : कपिलवस्तु
काम
धेरै
दाम
थोरै
आउ
घुम्न
पाल्पा
जाउ
बत्ती
गयो
दु:ख
भयो
नारायण कोइराला : यु.ए.इ
टप
टप
गर्दै
झर्ने
कैले
तल
माथि
पर्ने
किन
झार्नु
आँसु
यहाँ
रमा पन्त : पाल्पा
गाग्री
सारी
खानी
पानी
तिर्खा
मेटी
जानी
बानी
शीत
काव्य
रस
पिउँ
धर्मी शाक्य : बुटवल
सेरो
फेरो
शीतै
शीत
रून्छ
मन
बग्छ
आँसु
प्रीत
बिना
छैन
रीत
एस्के सोनु गुरूङ: भैरहवा
भोक
अनि
शोक
पनि
चर्छु
खेत
भर्छु
पेट
हार
अघि
जित
पछि
लता के.सी. : काठमाडौं



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ कार्तिक २०८२, आईतवार 






