बिना मार्ग गाडी गुडेको कहाँ छ
लिई लक्ष्य हिँड्ने चुकेको कहाँ छ

नहोस् जे भन्यो झन् त्यही हुन्छ जहिले
पुगोस् जे भन्यो त्यो पुगेको कहाँ छ

सलेदो सफा भो भने बल्छ बत्ती
मिसाएर काती बलेको कहाँ छ

सबै दक्ष व्यक्ति गए देश छोडी
बिना शिल्प राष्ट्र बनेको कहाँ छ

तिमी आउनेछौ भने बस्छु पर्खी
अझै आस मेरो मरेको कहाँ छ