आवाज केही नसुन्ने सरकार उस्तै छ
सधैँ हामीलाई नियतिको प्रहार उस्तै छ !

प्रगतिको मार्ग कतै छेकिन्छ कि अझै
यतै अनि उतै अल्झने छेकबार उस्तै छ !

जितिएला र समर अब फुर्ती लगाएर ?
दुश्मनसामु पछि हट्ने सरदार उस्तै छ !

नयाँ नेपाल भयो भन्छन् भन्नलाई सबै
घुम्ने मेचमा बस्या बुढो खरदार उस्तै छ !