कसको सवारी होला आज, जाम छ अर्कै खालको
अस्पताल पुग्ने मेरो, काम छ अर्कै खालको ।
बल्ल पुगेँ अस्पतालको छेउ, केही अनौठो लाग्यो
हंस उडेर होला आँसुको, लाम छ अर्कै खालको ।
बाबु बितेको खबर छोराले, बल्ल थाहा पाउन
धागोले बेरेको त्यो हेर, खाम छ अर्कै खालको ।
बिस्तारै अघि बढ्यो मुर्दा, बाटोमा केही छर्दै
छरिएको त्यो अन्न अनि, दाम छ अर्कै खालको ।
हिजोसम्म घर उज्यालो थियो, उनलाई देख्दा
आजको यो माहोल अनि, साम छ अर्कै खालको ।
सक्दा सबैलाई सहयोग अनि, भरोसा दिन्थे उनी
त्यसैले त चारैतिर, नाम छ अर्कै खालको ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ फाल्गुन २०८२, शनिबार 




