एउटा जित बोकेर आउँछ, अर्को हार बोकेर आउँछ
सपनाहरू जिन्दगीमा उल्टै बेकार बोकेर आउँछ।

म प्रेम-विहीन खडेरीमा जलेर झरेको हूँ बुझिदिनू
साथी ! बचाउन प्रेमको झरी र असार बनेर आउँछ।

तिमी मेरै नामको सिन्दूर लगाउनु भनेको थिएँ
समय तगारो हुन्छ सानू ! आँसु हतार बनेर आउँछ।

दुनियाँ सोझा मान्छेका लागि पत्थर बनेको हो हेर
मेरै मन भत्काउन उही साथीबाट कुविचार आउँछ ।

ए आमा ! कसरी सहज होला मान्छेको जिन्दगी यो
आफ्नै घाँटी रेट्न समस्याको धारमाथि धार आउँछ ।