खुलाएको थिएँ माया सबै रोक्का भएको छ
बगाएको थिएँ सागर सुकी सुक्खा भएको छ।
गरेको हो भनूँ कसले धोका तिमीबाटै
नसीबकै चपेटामै असीम पीडा भएको छ।
बसेका छन् कयौँ मान्छे भई रित्तो जमानीमा
उधारोको भयो जीवन दुखी आत्मा भएको छ।
जता जाऊँ उही गल्ली कता जाऊँ भनूँ मैले
म हिँड्ने हो सुबाटोमा सुगम यात्रा भएको छ।
तिमीले नै भनेकी हौ तिमी मेरो भयौ घात
निचोरेरै गयौ प्यारी मनै हल्का भएको छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ फाल्गुन २०८२, शनिबार 




