चप्पल किन्न नसक्नेहरू कसरी, सरकारमा पुग्छन् ?
खरको छानो चुहिनेहरू कसरी, दरबारमा पुग्छन् ?
बिहान कमाएर बेलुका हातमुख जोड्ने मान्छेहरू
देशी भोजन ज्योनार गर्न कसरी, घरबारमा पुग्छन् ?
ठूलाले मान्छे नै मार्दा पनि, सिधै उन्मुक्ति पाउँछन् यहाँ,
नाङ्लोमा पसल थाप्नेहरू कसरी, केरकारमा पुग्छन् ?
उहाँलाई टाउको दुख्दा, विदेशी अस्पतालमा लगिन्छ
मुटु रोगी जन्म र मृत्युको कसरी, मझधारमा पुग्छन् ?
हामीले तिरेको करले सधैँ ढुकुटी लुट्न पाइरहेछन्
उल्टै जनता रेट्न शासक कसरी, तरबारमा पुग्छन् ?
स्वार्थ मिलेसम्म सबै मिली मोज गर्छन् यिनीहरू
सेकेन्डमै कुकुर-बिरालो झैँ कसरी, दरारमा पुग्छन् ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ फाल्गुन २०८२, शनिबार 




