यो मनै मनमा माया बारबार हुन्छ, होस गर्नु ।
पछि भन्दा पहिलो नै दमदार हुन्छ, होस गर्नु ॥
अरे वालाहरूको हात खाली छ भनी ढुक्क नहुनु ।
उनीहरूको मुस्कान नै तरवार हुन्छ, होस गर्नु ॥
मेरा बा भन्नुहुन्थ्यो, बडो चनाखो हुनु हिसाब राख्दा।
कात्रोमा नि भ्रष्टाचार हुन्छ, होस गर्नु॥
जीवन्त अभिनय गर्न सक्छ उसले मान्छे भुलाउन।
नेता पनि ठूलो कलाकार हुन्छ, होस गर्नु ॥
बाबु, एक छाक चामल र नुनको बेलैमा जोहो गर्नु ।
कर्णालीमा हाहाकार हुन्छ, होस गर्नु ॥
तिमी आम नागरिक हुनु मात्रै काफी हुन्छ न्याय नपाउनुमा ।
यहाँ बलियोको मात्रै सरकार हुन्छ, होस गर्नु ॥



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ पुष २०८२, मंगलवार 




