खुलाएको थिएँ माया, सबै रोक्का भएको छ,
बनेको थियो सागर, सुकी–सुख्खा भएको छ।

गरेको हो भनूँ कसले, भयो धोका तिमीबाटै,
नदेख्ने खेलले मनमा खुबै पीडा भएको छ।

बसेका छन् कयौँ मान्छे भई रित्तो जमानीमा,
उधारोको भयो जीवन, दुखी आत्मा भएको छ।

जता जाऊँ उही गल्ली, कता जाऊँ भनूँ मैले ?
म हिँड्ने हो सुबाटोमा, त्यही यात्रा भएको छ।

तिमीले नै भनेकी हौ, तिमी मेरो भयौ घाउ,
निचोरेरै गयौ प्यारी, मनै हल्का भएको छ।