चिसो मौसम,
भाँचिएका सम्बन्ध
बिब्ल्याँटा यादहरू
कालो कफीका साथमा !
तातो राजनीति,
कपटपूर्ण हतकन्डा
बहसको सरगर्मी
कालो कफीका साथमा !
स्वप्निल प्रेम
मौन स्मृति
सुखद संवाद
कालो कफीका साथमा !
बोझिलो काम
अनियन्त्रित समय
शिथिल थकान
कालो कफीका साथमा !
गहन अध्ययन
अद्वितीय चिन्तन
सिर्जनात्मक अभिव्यक्ति
कालो कफीका साथमा!
विगतको सम्झनामा घोत्ल्याइ
आगतको नाममा कल्पना
एउटा पीडात्मक जिन्दगी
कालो कफीका साथमा !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ पुष २०८२, मंगलवार 




