त्यहाँ तिमी पनि छौ त !
आऊ त,
आएर हेर न ।
तिमी हाँसिरहेको छौ,
म टपरी गाँस्दै छु ।
तिमी दाउरा बोकेर बिसाउँदै छौ,
तल्लाघरे कान्छाको छोरो
आँगनमै खेल्दै छ।
आऊ न,
म देखाउँछु,
देख्यौ ?
नियालेर हेर्नै पर्दैन।
यी हात समाऊ त,
अझै मुलायम छन् हगि ?
यो हृदयमा पुनः आइदेऊ न,
तिमी अटाउने ठाउँ अझै पनि छ।
गोलबस्तीमा बसेका
मस्तिष्कका छाल शब्दद्वारा
तरङ्ग मच्चाउने दुस्साहस गर्दै छन्,
के तिमी रोक्न सक्छौ ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ पुष २०८२, मंगलवार 




