मलाई तिम्रो अँगालोमा बेरिन मन छ,
मलाई तिम्रो बोली सुनि मन्त्रमुग्ध हुन मन छ।
तिम्रो मनमा के छ, थाहा छैन मलाई,
तर मलाई सधैँका लागि तिम्रै बनिरहन मन छ।
मलाई तिम्रो मुहार हेरी टोलाइ रहन मन छ,
मलाई तिमीलाई पाउन दुनियाँ जित्न मन छ।
तिम्रा लागि चन्द्रमा ल्याउन सक्छु भन्दिनँ म,
तर तिमीले इच्छा जताए प्रयास गर्न मन छ।
मलाई चालीस कट्दाका पलहरू तिमीसँगै रमाउन मन छ,
शिशिरको त्यो चिसो बताससँगै तिमीसँगै उडन् मन छ।
अरू केही चाहिएको छैन मलाई तिमीबाट,
केबल मलाई तिम्रो बुढेसकालको लाठ्ठी बन्न मन छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ पुष २०८२, मंगलवार 




