छन् इच्छाहरू
अजङ्गका
अस्थिपञ्जर भै
माटोमा बिलाएका
डाइनोसर जस्तै।
छन् मनमा
साँचेर राखेका माया
कसैका लागि,
रित्ता भएका चुस्की
लगाएर सकिँदै
गएका रक्सीका
प्याला जस्तै।
छन् सपना,
बाङ्गा–टिङ्गा धर्सामा समाहित,
निरर्थक, केवल दिवा स्वप्नका दुःस्वप्न।
अनि त्यहीँ सपना ब्रह्माण्डसँग दाँज्दा लाग्छ: –
सानो – मलिन
कहीँकतै विलिन भै
त्यही हराएको सानो थोप्लो
प्लुटो जस्तै।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ पुष २०८२, मंगलवार 




